१०१ वर्षीया वृद्धाले जन्माइन् बच्चा, भगवानको कृपा !

सुन्दा अनौठो र विश्वास नलाग्न सक्छ । तर इटालीमा यस्तै एउटा घटना भएको छ । इटालीकी १ सय १ वर्षीया वृद्धाले बच्चालाई जन्म दिएकी छन् ।
इटालीकी वृद्धा एनाटोलिया भर्टाडेलाले ९ पाउन्ड अर्थात् ४ केजीको बच्चा जन्माएकी छन् । विवादास्पद डिम्बासय प्रत्यारोपणपछि उनले सो बच्चालाई जन्म दिएकी हुन् । उनको उमेरका कारण चिकित्सकहरु शुरुमा यसको विरुद्धमा थिए । यो प्रक्रिया अवैध भए पनि उनले टर्कीको एक निजी क्लिनिकमा डिम्बासय प्रत्यारोपण गरेकी हुन् । बेलायती कानुनले यस्ता प्रकारको प्रत्यारोपणलाई मान्यता नदिने भएकाले उनी यसका लागि टर्की गएकी थिइन् । डाक्टरको एक समूहले उनको शल्यक्रिया गर्ने निश्चित गरेपछि उनी निकै खुसी भएकी थिइन् । उनले १७ औं बच्चालाई जन्म दिन सकेकोमा आफू निकै खुसी भएको बताएकी छन् । उनले यो सबै भगवानको कृपाले सम्भव हुन सकेको दाबी गरिन् ।
४८ वर्षको उमेरमा डिम्बासयको क्यान्सर भएकी उनले त्यतिबेला भगवानले १६ वटा बच्चा जन्माएकोमा सजायँ दिएको सोच्थिन्, तर अहिले फेरि बच्चा जन्माउनुलाई पनि उनले भगवानको कृपा नै भन्ने गरेकी छन् । बच्चाको जन्म शल्यक्रियामार्फत् गराइएको थियो ।
डाक्टरहरुका अनुसार ती वृद्धाको अवस्था निकै राम्रो छ । उनी स्वस्थ र राम्रो सोचमा रहेकी छन् । ती वृद्धासँग आफ्नो बच्चालाई दिनका लागि अझ केही वर्षहरु बाँकी रहेको डाक्टरहरुले बताएका छन् । ती वृद्धाका श्रीमान्को सन् १९९८ मा निधन भएको थियो । यसका लागि उनीहरुले स्पर्म डोनर पाए जसका कारण बच्चाको जन्मन सम्भव भएको हो ।
एन्टोलियाले अनलाइनमार्फत् आफ्नो बच्चाको बुवा भेटेकी हुन् । उनका अनुसार बच्चाको बुवा २७ वर्षका क्याथोलिक हुन् । ती बच्चाको बुवाको उनीसँग केही पनि सम्बन्ध नरहेको जनाइएको छ ।