कांग्रेस सभापति देउवा किन झोंक्किए ? प्रधानमन्त्रीलाई शुक्रबारसम्म पर्खने !

नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाले नेकपा एमालेले भन्दैमा संविधान संशोधन नहुने बताउनुभएको छ ।
तीन दलका शीर्ष नेताहरुको बैठकपछि बिहीबार संसद् भवनबाट बाहिरिँदै सभापति देउवाले कसैले भन्दैमा संविधान संशोधन हुन नसक्ने बताउनुभएको हो ।
नयाँ सरकार गठनको सन्दर्भमा एमालेले संविधान संशोधनको प्रस्ताव अघि सारेको बारेमा सभापति देउवाले भन्नुभयो– एमालेले भदैमा संविधान संशोधन हुन्छ र ?
सभापति देउवाले प्रधानमन्त्रीले के गर्छन् भन्ने सन्दर्भमा शुक्रवारसम्म पर्खिने प्रष्ट पार्नुभएको छ । उहाँले प्रधानमन्त्रीले राजीनामा दिँदैनन् भनेर अहिलेनै भन्न नसकिने र भोलिसम्म हेर्नुपर्ने बताउनुभयो ।