अनसन बसेको १२ दिनपछि वार्ता शुरु, सकारात्मक भएको सरकारी दाबी


File Photo of Dr Govinda KC

Govinda-KC-strikeसरकारी वार्ता टोली र अनशनरत प्रा. डा. गोविन्द केसीको प्रतिनिधि वार्ता टोलीबीचको बिहीबारबाट वार्ता शुरु भएको छ । पहिलो दिनको वार्ता सकारात्मक भएको वार्ता टोलीका सदस्यहरुले बताएका छन् ।

डा केसीका तर्फबाट वार्तामा सहभागी डा जीवन क्षेत्रीले वार्ता सकारात्मक रुपमा अगाडि बढेको र सबै बुँदामा छलफल भएको जानकारी दिनुभयो । उहाँले बिहीबार भएको वार्ताको प्रगतिबारे डा. केसीलाई जानकारी गराउने र उहाँहरु (सरकारी टोली) ले सरकारलाई जानकारी गराएर थप वार्ता गर्ने गरी वार्ता टुंगिएको बताउनुभयो ।

दुवै पक्षको छलफलपछि वार्ता शुक्रबार) पुनः बस्ने भएको छ ।

वार्तामा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा शैलेन्द्र उप्रेती, केदारबहादुर अधिकारी र लवदेव अवस्थी तथा प्रा डा केसीका तर्फबाट डा रञ्जन सापकोटा, डा अञ्जनीकुमार झा, डा क्षेत्री, डा लिजन महर्जन, डा स्नेहबन्धु रेग्मी र सुमन आचार्य सहभागी हुनुहुन्थ्यो ।

डा केसी चिकित्सा क्षेत्र सुधार लगायत विभिन्न माग राख्दै गत १२ दिनदेखि अनशन बसिरहनुभएको छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]