रामचन्द्र पौडेलको नयाँ प्रस्ताव : एमाले उत्साहित, माओवादी सशंकित


Ramchandra_Paudelनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलीय सहमतिका लागि नयाँ प्रस्ताव अघि सार्नुभएको छ ।

सभामुख ओनसरी घर्तीले बोलाएको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा कांग्रेस वरिष्ठ नेता पौडेलले सहमतिका लागि भन्दै नयाँ प्रस्ताव अघि सार्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र सरकारविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव गर्नुभएको हो । बैठकपछि पौडेलले भन्नुभयो ‘मैले चार बटा विषयमा प्याकेजमै सहमति गरौं भनेको छु ।’

नेता पौडेलले बजेटसँग सम्वन्धित विधेयकहरु पास गर्ने, प्रधानमन्त्रीले राजीनामा दिने र संदसमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव राख्नुभएको हो ।

यस्तै नयाँ प्रधानमन्त्रीको चुनावमा जाने र सहमत हुने दलहरुले सरकार बनाउने पौडेलको प्रस्ताव छ । साथै संविधान कार्यान्वयनमा मिलेर जाने पौडेलको प्रस्ताव छ ।

पौडेलले राखेको प्रस्तावलाई एमालेले सकारात्मक भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रस्तावबारे पार्टीमा छलफल गर्ने बताउनुभएको छ ।

तर, नेकपा माओवादी केन्द्रले भने प्रस्तावप्रति आशंका जनाएको छ । माओवादीका केही नेताले आफ्ना नेतालाई प्रधानमन्त्री बन्न नदिने खेलमा पौडेलको प्रस्ताव आएको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]