संसद बैठक शुक्रबारसम्मका लागि स्थगित


Samsad Baithakव्यवस्थापिका संसद्को बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

कार्यसूचीको विषयलाई लिएर उत्पन्न विवादमा प्रमुख दलहरुबीच सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्तीले संसद् बैठक शुक्रबार अपरान्ह २ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

बिहीबार बिहान ११ बजे बोलाइएको बैठक सभामुख घर्तीले सहमतिको प्रयासका लागि प्रमुख तीन दलका शीर्ष नेताको बैठक राखी अपरान्ह २ बजेसम्म स्थगित गर्नुभएको थियो । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा तथा संसद् भवनमा दुई पटक बसेको बैठकमा पनि कार्यसूचीमा कुरा नमिलेपछि सभामुख घर्तीले सकेसम्म सहमतिबाटै अगाडि बढ्ने भन्दै संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो ।

कांग्रेस र माओवादी केन्द्रले गत असार २९ गते दर्ता गराएको अविश्वासको प्रस्तावभन्दा बजेटसँग सम्बन्धित विधेयकलाई पहिला निर्णयार्थ पेश गरिनुपर्ने माग एमालेले गरेको छ । नेकपा एमालेले राखेको मागमा कांग्रेस र माओवादी सहमत हुन नसकेपछि सभामुख घर्तीले सूचना टाँस गरेर संसद् बैठक स्थगित गर्नुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]