६ सय १ डमी सांसदबाट केसीको समर्थनमा बानेश्वरमा प्रदर्शन


Domyआमरण अनसनमा बसेको डा. गोविन्द केसीका समर्थकहरुले संसद् भवन बानेश्वरबाहिर प्रदर्शन गरेका छन् ।

सोलीडारिटी फर डा. केसीले आयोजना गरिएको मौन जुलुसमा ६०१ सांसदको अभिनय गर्दै प्रदर्शन गरिएको थियो ।

उनीहरुले सांसदहरु मौन बसेका कारण मुलुकमा भ्रष्टाभार मौलाएकोलगायतका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले सभामुखलाई एसएमएससमेत गरेका थिए ।

मेडिकल शिक्षाको सुधार र अख्तियार प्रमुख लोकमानसिं कार्कीलाई महाअभियोग लगाउन माग गर्दै केसी आमरण अनसनमा बस्नुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]