संसद् बैठक दुई बजेसम्मका लागि स्थगित, अब के हुन्छ ?

व्यवस्थापिका संसद्को बैठक तीन घण्टाका लागि स्थगित गरिएको छ ।
बिहीबार ११ बजेका लागि बोलाइएको संसद बैठक दुई बजेसम्मका लागि स्थगित गरिएको हो । दलहरुबीच सहमति प्रयास भइरहेको भन्दै सभामुख ओनसरी घर्तीले संसद बैठक स्थगित गर्नुभएको हो ।
संसद्मा छलफलको विषयलाई लिएर राजनीतिक दलहरुबीच तिव्र ध्ुवीकरण भएपछि सभामुख घर्तीले सहमतिको प्रयासलाई तिव्रता दिनुभएको छ । सत्तापक्ष यसअघि कार्यसूचिमा रहेको आश्रित विधेयक पहिला पारित गनुपर्ने अडानमा छ भने कांग्रेस–माओवादी संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफल पहिला गर्नुपर्ने अडानमा छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइ कांग्रेससँग मिलेर गत बुधबार संसदमा अविश्वासको प्रस्ताव गर्दा गराएपछि सभामुख ओनसरी घर्तीले यसअघि कार्यसूचिमा रहेको आश्रित विधेयकलाई कार्यसूचिबाट हटाएर अविश्वासको प्रस्तावमाथि छलफलका लागि समय तोकेपछि दलहरुबीच विवाद बढ्दै गएको छ ।