संसद् बैठक अनिश्चित, सम्भावित भिडन्त नियन्त्रण गर्न मर्यादापालकको संख्या बढाइयो

अविश्वासको प्रस्तावमा छलफल गर्ने कि बजेटका विषयमा भन्नेमा विवाद भएपछि संसद् बैठक अनिश्चित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा के गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच सहमति नभएपछि बैठक नै अनिश्चित भएको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले तय भएको संसदको कार्यसूचीमा छलफल हुन नसक्ने अडान राखेका छन् । तर, सत्ता नेतृत्व गरेको एमालेले भने अविश्वासको प्रस्तावअघि बजेटसँग सम्बन्धित बिधेयकमाथि छलफल चलाउनका लागि दबाब दिने निर्णय गरेको छ । जसका कारण संसद भीडन्तमा परिणत हुने देखिएको छ ।
यसैबीच संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मर्यादा पालकको संख्या बढाइएको छ ।
यसअघि ९०१ जना खटिँदै आएकोमा आजको बैठकका लागि थप ३० जना मर्यादा पालक खटाइन लागेको छ ।