संसदमा मुठभेडको संकेत, बजेट पारित नभई अविश्वासको प्रस्तावमाथि छलफल गर्न खोजिए संसद् अबरुद्ध पार्ने एमालेको निर्णय


Rss_Images_1442732365756_RoS-Ktm-Sambidhansava (3)सत्तारुढ नेकपा एमालेले बजेटसँग सम्बन्धी विधेयक पारित गर्नुअघि अविश्वासको प्रस्तावमाथि छलफल गराउन खोजिए व्यवस्थापिका संसद्को बैठक चल्न नदिने निर्णय गरेको छ ।

एमालेको संसदीय दलको बुधबार संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले बजेटसँग सम्बन्धित विधेयकहरु पारित गर्नुपर्ने अविश्वासको प्रस्तावमाथि छलफल बढाउन नहुने निर्णय गरेको हो । बैठकले अविश्वासको प्रस्ताव दर्ता हुनु पूर्व नै कार्यसूचीमा चढिसकेकाले पहिले नै कार्यसूचीमा चढिसकेका बजेटसँग सम्बन्धित विधेयकलाई बिहीबारको कार्यसूचीमा राख्नुपर्ने, अन्यथा संसद नै चल्न नदिने निर्णय गरेको हो ।

सभामुख ओनसरी घर्तीले यसअघि नै बिहीबारको बैठकका लागि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तोकी सांसद्हरुलाई सूचित गरिसक्नुभएको छ । बजेटसँग सम्बन्धित विधेयक पहिले पारित गरिएको अवस्थामा अविश्वासको प्रस्तावको सामना गर्ने एमालेको निर्णय छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]