अविश्वासको प्रस्ताव कुनै पनि हालतमा पास गराउने कांग्रेसको निर्णय


Congress_Samsadiya_Dalनेपाली कांग्रेसले कुनै पनि हालतमा अविश्वासको प्रस्ताव पारित गराउने निर्णय गरेको छ ।

संसदीय कार्य समितिको बुधबार बसेको बैठकले संसद्मा दर्ता भएको अविश्वासको  प्रस्ताव पास गराएर छाड्ने निर्णय गरेको हो ।

बैठकले अविश्वासका् प्रस्तावमा सहमति जुटाउन अन्य दलका नेताहरुसँग् छलफल गर्ने निर्णय भएको छ ।

यस्तै डा गोविन्द केसीको राजनीतिक बाहेक अन्य माग जायज भएको भन्दै तुरून्त बार्ता र सहमतिअनुसार पुरा गराउन सरकारलाई आग्रह गरेको छ।

यस्तै बैठकले बाढी पहिरो पीडितका लागि तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]