११ दिनदेखि अनसनरत डा. केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन


singhadurbarसरकारले शिक्षण अस्पताल महाराजगन्जमा आमसरण अनसनमा बसेका प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा शिक्षा, स्वास्थ्य र मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेका छन् । चिकित्सा क्षेत्र सुधारलगायतका माग राख्दै डा. केसी ११ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ ।

विभिन्न आयोगका सिफारिसलाई ध्यानमा राखेर यसअघि सरकार र डा. केसीबीच भएका सहमति कार्यान्वयन सुरु गरिसकिएको सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश, २०६९ खारेज गर्ने निर्णयसमेत गरेको छ । सोबमोजिम विभिन्न कम्पनीका नाममा जारी भएका इजाजतपत्र खारेज गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै सरकारले स्थानीय शान्ति समितिको म्याद यही साउन १ गतेदेखि लागू हुनेगरी एक वर्षका लागि थप गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]