अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्रको ह्विप जारी

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसद्हरुलाई ह्वीप जारी गरेको छ ।
माओवादी केन्द्रले बुधबार अपरान्ह सिंहदरबारमा बसेको संसदीय दलको बैठकल ेसांसद्हरुलाई अविश्वासको प्रस्तावमाथिको छलफलमा सक्रियरुपमा भाग लिन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । बैठकले प्रस्तावको पक्षमा मतदान गर्नका लागि संसद्मा रहेका अन्य दललाई समेत आव्हान गर्ने निर्णय गरेको छ ।
अविश्वासको प्रस्तावमाथि संसद्मा बिहीबारदेखि छलफल हुँदैछ ।