कांग्रेस महामन्त्री कोइराला डिस्चार्ज, फलोअपका लागि एक हप्तापछि आउन अस्पतालको आग्रह


Sashanka Koiralaनेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला करिब १५ दिन उपचारपछि आज डिस्चार्ज हुनुभएको छ ।

दुई सातादेखि काठमाडौंका चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका कोइरालाको स्वास्थ्यमा सुधार आएपछि बुधबार डिस्चार्ज गरिएको हो । उहाँमा देखिएको निमोनिया निको भएको अस्पतालले जनाएको छ ।

कोइरालालाई दिइएको एन्टिबायोटिक इन्जेक्सनको कोर्ष मंगलबार रातिदेखि सकिएको थियो । उहाँको रगत, फोक्सोको एक्स–रे परीक्षण प्रतिवेदन पनि सामान्य देखिएको छ । उहाँ उनी घर गए पनि करिब दुई सातासम्म आराम नै गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा कोइरालाले केही प्रतिक्रिया दिनुभएन । उहाँले हात उठाएर कार्यकर्तालाई अभिवादन गर्नुभएको थियो ।

कोइराला डिस्चार्ज हुने भएपछि ठूलो संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता अस्पतालमा पुगेरका थिए । उनीहरुले कोइरालाको पक्षमा नाराबाजीसमेत गरेका थिए । अस्पतालले एक हप्तापछि पुनः फलोअपका लागि आउन कोइरालालाई सुझाव दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]