जनकविकेशरीलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले गरे भावपूर्ण विदाई (फोटोफिचरसहित)


जनकविकेशरी धर्मराज थापाको पार्थिव शरीरमा पुष्प अर्पण गर्दै प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री, मन्त्री तथा पार्टीका शीर्ष नेताले श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले थापाको पार्थिव शरीर राखिएको स्थान कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जानु भई श्रद्धाञ्जलि प्रकट गर्नुभएको हो । उहाँप्रति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य, पूर्व सभामुख तारानाथ रानाभाट, नेकपा (एमाले) का सभासद् प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, एमाओवादी नेत्री हिसिला यमी, सभासद् रवीन्द्र अधिकारी, नवीन्द्रराज जोशी, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीलगायत स्रष्टाले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । यसैबीच, प्रतिष्ठानका कुलपति डा उप्रेतीले आज एक शोक विज्ञप्ति जारी गरी थापाले नेपालको लोकसङ्गीत र साहित्यका क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]