सिड्नीमा बिज नेपाली बास्केटबल लिग जारी


माछापुच्छ्रे क्लबको आयोजनामा सिड्नीमा सुरु भएको नेप्लीज बास्केटबल लिगका विभिन्न खेलहरु भइरहेका छन् । ५ अक्टोबरबाट सुरु भएको खेलअन्तर्गत तीन वटा लिग चरणका खेल सम्पन्न भएका छन् भने अबको आइतबार अर्को खेल हुँदैछ । अहिलेसम्म बिज बजर र क्लब काठमाडौंबीच ५ अक्टोबरमा भएको खेलमा बिज बजर्सले ४० का विरुद्ध ५५ स्कोरले खेल आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा क्लब काठमाडौंका कृष्ण गुरुंग घोषित भए । यस्तै दोस्रो खेल १२ अक्टोबरमा सम्पन्न भएको थियो जसमा वारियर्स र नयाँ टोलीबीच खेल भएको थियो खेल टाइब्रेकरमा पुगेको थियो भने वारियर्सले ३६ अंक र नयाँले ३२ स्कोर गरेका थिए । खेलमा सन्तोष थापा म्यान अफ द म्याच घोषित भए । यसपछि १२ अक्टोबरमा नै सम्पन्न अर्को खेलमा वारियर्स र ओएसिस सुटर टिमकाबीच खेल भएको थियो जसमा वारियर्सले ३५ र ओएसिस सुटरले ३१ स्कोर गरेका थिए । खेलको म्यान अफ द म्याच किशोर लिम्बु घोषित भए । अक्टोबर १९ का दिन बिज बजर्स र नयाँकाबीच र ओसिनिया रेन्जर्स र क्लब काठमाडौंकाबीच खेल हुनेछ । दोस्रो पुस्ताका नेपाली युवाहरुलाई खेल गतिविधिबाट एकताबद्ध बनाउने उद्देश्यका साथ सञ्चालित यस प्रतियोगितामा विजेता टिमले २५ सय डलर पुरस्कार पाउने  ईमेन्टस म्यानेजर उमेश थापाले जानकारी दिनुभयो। प्रतियोगितालाई परफर्मेन्स एजुकेशन र विज एजुकेशनले मुख्य प्रायोजन गरेको पनि बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]