प्रचण्डसँग एनआरएन टोलीको भेट, संविधान निर्माणमा चासो


गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को प्रतिनिधिमण्डलले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटगरी संविधान निर्माण र आर्थिक उन्नतिबारे जिज्ञासा लिएको छ । दाहाल निवास लाजिम्पाटमा एनआरएनका अध्यक्ष शेष घलेको नेतृत्वको टोलीले संविधान निर्माण प्रक्रियाप्रति चासो जनाउदै उक्त प्रक्रियालाई निर्धारित समयमै टुङ्गो लगाएर आर्थिक उन्नतिको दिशामा लाग्न आग्रह गरेको थियो । जवाफमा एमाओवादी अध्यक्ष दाहालले दलहरूबीचमा समझदारी भई संविधान निर्माणको प्रक्रिया अघि बढेको र त्यसलगत्तै आर्थिक उन्नतिको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । गैरआवासीय नेपालीलाई विशेष नागरिकता दिने प्रयास गरिएको र यसले मुलुकप्रतिको जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गर्दै दाहालले आफ्नो क्षमता र विदेशमा सिकेको ज्ञानलाई नेपालमा प्रयोग गर्न एनआरएनलाई आग्रह गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]