डार्विनमा  ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प


डार्विनमा आज विहान ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प भएको छ । यसको केन्द्रविन्दू बन्दा समुद्रमा भएको र यो डार्विनबाट ६ सय २० किलोमिटर उत्तरतर्फ रहेको भूगोलविद् डान जक्साले जानकारी दिनुभयो । उहाँले यस्तो भूकम्प नियमित भएको प्रतिक्रिया दिनुभएको छ । अष्ट्रेलियन जमिनको प्लेट आठ सेन्टीमिटर उत्तरतर्फ सर्दा यस्तो अवस्था आउने र यो नियमित जस्तै हुने उहाँको भनाई छ। यस क्षेत्रमा सन् १९३८ मा सबैभन्दा शक्तिशाली भूकम्प भएको थो जसको मापन ८ दशमलब ५ रेक्टर थियो । डार्विनका बासिन्दाले भने अचानक जमिन हल्लिन थालेको र यो अत्यन्तै शक्तिशाली थियो भनी प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]