थ्री डी प्रिन्टरले प्रिन्ट गरेको मोटरले सडकमा गुडाउने अनुमति पाएन


के तपाईंलाई थाहा छ विश्व कहाँ पुगिसक्यो ? अनि प्रविधिले के के सम्भव बनाइसक्यो ? हो, प्रविधिले यस्तो एउटा प्रिन्टरको विकास गरेको छ कि तपाईंले घरमा थ्रीडी प्रिन्टरबाट अब गाडी पनि प्रिन्ट गर्न सक्नुहुनेछ । यसको निम्ति तपाईंले गाडीको मोडल बनाउनुहोस् कम्प्युटरमा, अनि त्यसलाई प्रिन्ट गर्न थाल्नुहोस् । यो प्रविधि आएको र यसमा बहस हुन थालेको धेरै भइसकेको छ । तर, यतिबेला हामीले दिन लागेको समाचार भने थ्रीडी प्रिन्टरबाट प्रिन्ट गरिएको गाडी अमेरिकाको लोकल मोटर्स नामक कम्पनीले बनाएको छ । कारको बडी दुई दिनभित्रमा प्रिन्ट गरिएको हो । सिकागो ट्रेड शोमा सबैका सामू नै यसलाई प्रिन्ट गर्न सुरु गरिएको थियो। प्रिन्ट भइसकेपछि अर्को एक दिन यसलाई रिफाईन गर्दै सेपमा ल्याउन समय लाग्यो भने अर्को दुई दिनमा अन्य पार्टपूर्जा जोड्न समय लागेर पूर्णत गुड्ने प्रिन्टेड गाडी तयार भयो ५ दिनमा । यसको वजन १ टन रहेको छ र यो प्लाष्टिक र कार्बन फाईबरले बनेको छ । यो कार प्रिन्ट गर्ने टिमको नेतृत्व टेकल मोटर्सका ईन्जिनियर जेम्स एर्लले गरेका थिए । तपाईंलाई लाग्न सक्छ यो कार त हेर्दा राम्रो छ यो गुड्छ त ? हो यो कार गुड्छ त्यो पनि ६५ किलोमिटर प्रतिघण्टाको स्पीडसम्म । यसमा ईलेक्ट्रोनिक ईन्जिन, सस्पेन्सन र टायर परम्परागत रुपमा बनाइएको छ । तर, यो कारलाई अहिलेसम्म सडकमा दौडाउने अनुमति पनि भ्राप्त भइसकेको छैन र चाँडै नै यो अनुमति पनि प्राप्त हुने अपेक्षा लोकल मोटर्सले गरेको छ । र, यसको मूल्य करिब २० हजार डलर तोकिने सम्भावना छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]