भारतपछि जपानमा शक्तिशाली आँधी, १ सय ८० किलोमिटर स्पीड, मंगलबार टोकियो पुग्नसक्ने


जापानमा सोमबार बिहानै आएको शक्तिशाली आँधीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको समाचार छ । एकजना व्यक्ति हराएका छन् । यसका कारण अरु दर्जनौँ नराम्ररी घाइते भएका प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार सोमबारको सो आँधीका कारण सोमबार बिहानैदेखिका करिब ३०० वटा उड्डयन पनि स्थगित गरिएको जनाइएको छ । जापानको मौसमविज्ञान विभागका अनुसार उक्त आँधी प्रतिघन्टा १८० किलोमिटरको बेगमा आएको थियो । सोमबार दिउँसो पनि यसको प्रकोप जारी रहेको छ । जापानको क्युुसु टापूबाट सो आँधी सुरु भएको हो । सो ताइफुन जापानको उत्तरपश्चिमी क्षेत्रबाट आइरहेको र यसले सोमबार उक्त क्षेत्रमा नै प्रभाव पर्ने देखिएको छ ।सोमबार अबेर र मङ्गलबार बिहानसम्ममा जापानको कान्तो क्षेत्रसम्म पुग्ने भविष्यवाणी पनि मौसम अधिकारीहरुले गरेका समाचारमा जनाइएको छ ।  मौसमका अधिकारीहरुले सो ताइफुनले जापानको राजधानी टोकियोपनि प्रभावित हुन सक्ने अनुमान गरेका छन् । उनीहरुले राजधानी टोकियोमा आवश्यक सुरक्षाका लागि अनुरोध गरिएको बताएका छन् । जापानी क्युुुसु टापूको माकुराजाकी क्षेत्रका कयौँ घरको छाना उडाउनुका साथै रुखहरु ढलाइएको र जसका कारण आवातजावतमा पनि निकै अप्ठेरो परेका दृश्यहरु टेलिभिजनमा देखाइएको छ । मङ्गलबार बिहानसम्म सो ताइफुन राजधानी टोकियोसम्म पनि पुग्नसक्ने खतराका कारण पनि त्रास छाएको समाचारमा जनाइएको छ ।        अधिकारीहरुले माकुराजाकी सहरका नागरिकका मनाममा सूचना जारीगरी घरबाट बाहिर ननिस्कन तथा सतर्कता अपनाउन पनि बताइएको अधिकारीहरुले जनाएका छन् । जापानी सरकारी टेलिभिजनले उक्त आँधीाबट ४५ जना घाइते भएको बताएको छ । सो समाचारमा पनि उक्त आँधीका कारण उत्पन्न भएको असहज परिस्थितिका बारेमा पनि देखाइएको छ । जापानी अधिकारीहरुले उत्तरपश्चिमी क्षेत्रबाट कम्तीमा पनि साढे चारलाख नागरिकलाई उद्वार गरिनुपर्ने सूचना दिएका छन् ।      त्यसका लागि सुरक्षा निकायले काम पनि गरिरहेको समाचारमा जनाइएको छ । केही दिनयतादेखि जापानका विभिन्न सहरमा ताइफुनको खतरा बढिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]