अर्को देशको नागरिकता लिएपनि नेपाली नागरिकता निरन्तर होस्


गैरआवासीय नेपालीले दोहोरो नागरिकता होइन नेपाली नागरिकताको निरन्तरता होस् भन्ने अपेक्षा गरेका छन् । विश्वको जुनसुकै कुनामा स्थायीरूपले बसेपनि भोलिका दिन नेपाल फर्केर आउँदा नेपाली हुन पाइयोस्, आफ्ना छोराछोरीले नेपालमा बस्न चाहे सहजतापूर्वक नागरिकता प्राप्त गरून् र नेपाल र नेपाली प्रतिको माया अटुट रहोस् भन्ने कामना अमेरिकामा बस्ने गैरआवासीय नेपालीहरूले गरेका छन् । अमेरिकास्थित गैरआवासीय नेपालीहरूको संस्थाले आयोजना गरेको पत्रकार भेटघाटमा सो संस्थाका अध्यक्ष खगेन्द जिसीले भन्नुभयो, ‘हामीलाई दोहोरो नागरिकता होइन नागरिकताको निरन्तरता होस् अर्थात चाहिएको बखत नेपाली नागरिकता लिन पाइयोस् ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]