ईन्टरनेट पायो कि अश्लिल साईट खोल्छन् काठमाडौंका ६६ प्रतिशत बालबालिका


घरघरमा ईन्टरनेट, हात हातमा मोबाइल भन्ने नारा एकपटक सरकारी नारा नै थियो । ईन्टरनेट र मोबाइल प्रविधिको दुनियाँमा नयाँ क्रान्ति हो । यसले सकारात्मक प्रभाव छोड्न सक्छ । तर, खै कसलाई घ्यू पच्दैन भनेको जस्तो नेपाली बालबालिकाहरुमा भने ईन्टरनेट र मोबाइलको प्रयोग विकृति बढाउनमा बढी प्रयोग हुन थालेको छ । यी बालबालिकालाई उचित रेखदेख गर्न नसक्नु नेपाली अभिभावकहरुको कमजोरी पनि बनेको छ । प्रसंग पूरै नेपालको होइन, काठमाडौंको हो । र, पछिल्लो एक तथ्यांकले काठमाडौँ उपत्यकाका ६६ दशमलव ६ प्रतिशत बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने गरेको देखाएको छ । बालबालिकाको अधिकारका क्षेत्रमा कार्यरत संस्था सिविनले पछिल्लो समय गरेको अध्ययनअनुसार उपत्यकाका ७४ प्रतिशत बालिका र ९१ प्रतिशत बालकले इन्टरनेटको प्रयोग गर्ने गरेको देखियो । सिविनका कार्यक्रम व्यवस्थापक भरत अधिकारीले सूचना प्रविधिको बढ्दो प्रयोग र इन्टरनेटको सहज पहुँचका कारण बालबालिकाले त्यस्ता साइट हेर्ने गरेको बताउँदै यसले बाल अपराध समेत गराएको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय बालिका दिवसका सन्दर्भमा सार्वजनिक गरेको सो प्रतिवेदनअनुसार सन् २०१३ मा ४६५ बलात्कार र यौन दुव्र्यवहार घटनामध्ये ३७१ घटना बालिकामाथि भएको थियो । जसमा २३ दशमलव ४४ प्रतिशत घटना १० वर्षमुनिका बालिकामाथि भएको थियो भने एक प्रतिशत ९३ प्रतिशत घटनामा बलात्कारपछि हत्या गरिएको थियो । यसैवर्ष आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या ५१ रहेको छ । यस्तै नेपालमा ९५ प्रतिशत बालिका घर, शैक्षिक संस्था, कार्यस्थल र अन्य ठाउँमा विभिन्न यौनजन्य दुव्र्यवहारमा पर्ने गरेको देखिएको छ । प्रस्तुत तस्वीर सांकेतिक मात्र हो। सम्पादक

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]