नेकपा एस निकट पत्रकारहरुको राष्ट्रिय अधिवेसन आजवाट, नयाँ नेतृत्व चयन हुने

जेठ २६, काठमाडौँ । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजवाट सुरू हुँदैछ।
अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन्। पत्रकारहरुको सो संगठन नेकपा एस निकट मानिन्छ।
आज देखी सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख अजेन्डा रहेको छ। सो सम्मेललनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन्।
हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खडका रहेका छन् । यस सम्मेलनवाट अब नयाँ नेतृत्व चयन हुनेछ।