राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

जेठ २६, काठमाडौँ । राप्रपा नेपालका जनबर्गिय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ।
दिउँसो २ः०० बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उनले बताए।
नेपाली भुमि सट्टापट्टा नितिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ।