सत्तागठबन्धनमा मिल्यो भागबन्डा, कुन पार्टीको भागमा कति परे मन्त्रालय ?


चैत १५, काठमाडौँ । सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएको हो।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ। यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ। साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ।

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुई–दुई मन्त्रालय पाउने भएका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक–एक मन्त्रालय पाएका छन्।

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन्। एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]