कस्तो रहला आज देशभको मौसम ?

चैत ११, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
शनिबार राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।