घरमै कोठी चलाउने सोमबहादुर गुरुङ पक्राउ


नवलपरासीको गैँडाकोटमा देह व्यापारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिकाको वडा नं ९ थुम्सीमा आफ्नै घरमा केटीहरू राखेर देह व्यापार गराउँदै आएका सोमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । देह व्यापारमा संलग्न १६÷१७ वर्षका तीनजना केटीसहित गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । गुरुङले पहिलेदेखि नै देह व्यापार गराउँदै आएको स्वीकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देह व्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ । गुरुङले देह व्यापारबाट नै गैँडाकोट–९ थुम्सीमा घर बनाएको जनाइएको छ । देह व्यापारमा संलग्न उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाइएको गैँडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]