वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा नेपाली खेलाडी परेनन्


माघ २५, काठमाडाैँ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गरेकाे वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन्।

नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन। सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा पर्न नसकेका हुन।

बिसिसिआईले १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका पनि सर्ट लिष्टमा भने ४ सय ९ खेलाडी मात्र परेको जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]