राजर्षि जनक फुटबल आजवाट सुरु हुने, पहिलो खेलमा जावलाखेल र एपिएफ भिडदै


माघ २५, सर्लाही । मधेस प्रदेशको चर्चित राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण उदघाटन खेल बुधबार सुरु हुँदैछ। उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गर्ने उक्त पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आपसमा भिडने छन्।

वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने उक्त खेल १२ दिनसम्म चल्नेछ।

प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी गराए। आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० राखेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]