लमजुङमा भूकम्पको धक्का


माघ २५, काठमाडौँ ।

लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ। लमजुङ सदरमुकार बेंसीसहरलगायतका स्थानमा पनि भूकम्प धक्का महसुस गरिएको स्थानीयले जनाएका छन्।

बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसअघि कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]