पठान सफल हुँदा आमिर खान विस्थापित !


माघ २०, एजेन्सी। फिल्म ‘पठान’को सफलता अभिनेता शाहरुख खानका लागि पुनः एकपटक बलिउडमा आफूलाई स्थापित गराउने माध्यम बनेको छ।

फिल्मले विश्वव्यापी रुपमा ६५० करोड बढीको व्यापार गरिसकेको छ। चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले दर्शकमाझ ‘मास हिस्टेरिया’नै सिर्जना गरेको छ।

यो फिल्मको सफलताको पछाडि फिल्मसँग जोडिएको विवाद पनि प्रमुख बन्यो। खासगरी अभिनेत्री दीपिका पादुकोणले फिल्मको ‘बेसर्म रंग’ गीतमा सुन्तला रंगको बिकिनी लगाएपछि गीत विवादमा पनि तानिएको थियो।

फिल्म ‘पठान’ सफल भएपछि विशेषता व्यावसायिक हिसाबमा यसको असर आमिर खानलाई परेको बलिउडमा चर्चा छ। फोनपे नामका फोन पेयमेन्ट एपको सद्भावदुत रहेका आमिरको स्थानमा अहिले कम्पनीले शाहरुखलाई अनुबन्ध गरेको छ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ बक्सअफिसमा असफल भएपछि उनले कुनै पनि व्यावसायिक प्रवद्र्धनमा अनुबन्धित हुने मुड बनाएका छैनन्। सोहीकारण फोपेले आमिरको स्थानमा शाहरुखलाई प्रस्ताव गरेको छ। शाहरुख यसअघि हुन्डाई, एलजी र थम्ब्स अप जस्ता ब्राण्डका सद्भाव दुत हुन्।

शाहरुखको लोकप्रियता यतिमा मात्र सीमित छैन। ‘पठान’को सफलतापछि हिन्दी र साउथ फिल्मका निर्माताले उनलाई आफ्नो फिल्ममा अनुबन्ध गराउन स्क्रिप्ट बोकेरै शाहरुखलाई भेट्न थालेका छन्।

‘डन’ र ‘पठान’ जस्ता फिल्ममा आफ्नो धमाकेदार एक्सन देखाएका शाहरुखलाई यशराज फिल्मस्ले ‘डन ४’ मा त्यस्तै अवतारमा देखाउन तयारी गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]