ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

माघ १६, काठमाडौँ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
गएराति बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा रहेका ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षका सरोजकुमार विक र काठमाडौँको कलङ्की बस्ने मोरङका अन्दाजी ३५ वर्षका धनबहादुर बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य ६ जनाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।