गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि सुनुवाइ


माघ ११, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजबाट सुनुवाई सुरु हुँदैछ। पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ गते पूर्ण सुनुवाईका लागि पेस गर्न आदेश गरेको थियो।

लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ। २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मंसिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ।

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]