कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो, आज मन्त्रिपरिषद विस्तार

माघ ११, काठमाडौँ । सत्तारुढ दलको मंगलबार बसेको बैठकले भाग वण्डा टुंगो लगाएको छ। कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।
नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो। यी मन्त्रालयमा जाने मन्त्रीको सपथ आज हुने मल्लले जानकारी दिए। मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा आज मन्त्रीमण्डलले पूर्णता पाउने भएको छ।