बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज, दिउँसो २ बजे सपथ


माघ ११, काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज नयाँ मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आज २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ। मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ।

नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन्। तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]