आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


माघ १०, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो। संसद सचिवालयकाअनुसार बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ। यस्तै सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]