पिएसजीको जितमा एमबाप्पेको ५ गोल


माघ १०, काठमाडौँ । पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा पेस डे कासलविरुद्ध फराकिलो जित निकालेको छ। गएराति सम्पन्न खेलमा उसले कासलविरुद्ध ७–० गोल अन्तरको जित निकालेको हो।

पिएसजीको जितमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे एक्लैले ५ गोल गरे। त्यस्तै, नेयमार र कार्लोस सोलरले एक–एक थपे। खेलमा पिएसजीले २९ औं मिनेटमा एमबाप्पेको गोलबाट सुरुआती अग्रता लिएको थियो। ३३ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई दोब्बरको अग्रता दिलाए। ३४ औं मिनेटमा फेरि एमबाप्पेले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए।

४० औं मिनेटमा ह्याट्रिक पूरा गरेका उनले पिएसजीलाई ४–० को फराकिलो अग्रता दिलाए। ५६ औं मिनेटमा एमबाप्पेकै गोलले पिएसजीले ५–० को अग्रता पायो। ६४औं मिनेटमा कार्लोस सोलरको गोलबाट पिएसजीको अग्रता थप फराकिलो भयो।

७९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत पाँचौं गोल गर्दै पिएसजीलाई ७–० को फराकिलो जित दिलाए। पेस डे कासलविरुद्ध अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई खेलाइएको थिएन। यो जितसँगै पिएसजीले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको छ । अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेविरुद्ध खेल्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]