श्री गणेशको दर्शन गर्दै हेर्नुहोस आज २०७९ माघ १० गते मंगलबारको राशिफल


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । मेसिनरी सामानको सरसफाई तथा पूजामा समय व्यातित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिए पनि आम्दानी न्युन हुने हुँदा आवश्यक्ता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने शत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साइड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रयत्न गर्दा बिभिन्न अवसरहरू प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पुराना समस्या हरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरू सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्ईँले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]