म्याग्दीमा जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते


माघ ९, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी निरीक्षक राजन ढकालले मङ्गला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। उनका अनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

मङ्गला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला–२ की २२ वर्षीया विपना कार्की, मङ्गला(१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो। जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]