सुनको मूल्य फेरी बढ्यो, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

माघ ९, काठमाडौँ । सुनको मूल्य फेरि बढेको छ। साताको पहिलो दिन तोलामा २ सय रुपैयाँ घटेको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
आइतबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा झिनो वृद्धि छ। ५ रुपैयाँ बढ्दा सोमबार प्रतितोला १३ सय ८० रुपैयाँ भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ थियो।