तस्बिरमा हेर्नुस् टुँडिखेलको सोनाम ल्होसार


माघ ८, काठमाडौँ । तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन्। सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली रहेको बताए।

बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी भएका थिए। तामाङसहित अन्य समुदाय व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]