कति पुग्यो आज सुनचाँदीको भाउ ?

माघ ८, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ।
छापावाल सुन प्रतितोला एक लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार एक लाख ५ हजार २ सय रुपैयाँ थियो।
यस्तै, तेजाबी सुनको मूल्य तोलाको एक लाख चार हजार पाँच रुपैयाँ कायम गरिएको छ। गत शुक्रबार एक लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।