कालिगण्डकी साहित्य परिषद्‍द्वारा स्रष्टा सम्मान


माघ ७, पोखरा । कालिगण्डकी साहित्य परिषद, कालिका चितवन ले एक समारोहबीच स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान अर्पण गरिएको थियो भने विभिन्न कविहरूले आ(आफ्नो रचना वाचन गरेका थिए।

संस्थाका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन अनिता अर्यालले गरेका थिए। रामलाल कुमालले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा सम्मानित प्रतिभाहरूको जीवनी र व्यक्तित्वमाथि पनि प्रकाश पारिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदीले कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट केदारनाथ खनाल, लकाश पौडेल, पूर्णप्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल र सामना पहाडलाई सम्मान पत्र र उपहार प्रदान गरेका हुन्।

कार्यक्रममा कविहरू धनराज गिरी, ईश्वरी ओझा, यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित, नम्रता, होमनाथ घिमिरे, श्यामजीलगायतका कविहरूले आ(आफ्नो कविता वाचन गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]