मेलर्बनमा सुरु भयो १८ औँ न्याभ कप


माघ २, मेलबर्न अष्ट्रेलिया । नेप्लिज् एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा नेपाली समुदायको क्रिकेटको ठूलो प्रतियोगिता १८ औं न्याभ कप आइतवारबाट शुरू भएको छ ।

न्याभ कपको मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनका निर्देशक शंकर धरेलले बलिङ्ग तथा ब्रोडमिडोजबाट निर्वाचित प्रदेश सांसद क्याथलिन मिथ्यो वर्डले ब्याटिङ्ग गरेर खेलको उद्घाटन गरेका थिए ।

न्याभ कपको पहिलो दिन चार खेलहरु भए । एभरेष्ट लायन्स क्रिकेट क्लब र ब्राइटन क्रिकेट क्लववीच भएको प्रतिस्पर्धामा ब्राइटनले जित्यो । त्यस्तै हिमालयन क्लबलाई काठमाडौं क्यापिटलले जित्यो । रोयल राइनोज र सगरमाथा एक्सपर्टवीच भएको खेलमा रोयल राइनोजले जित हासिल गर्यो भने ग्रेस गोर्खाली र माभेन क्रिकेट क्लवबीच भएको खेलमा माभेनले जित्न सफल भएको छ ।

दोस्रो चरणको खेल आगामी आइतवार हुनेछ । १२ नेपाली खेलकूद क्लबका टिमहरुको सहभागिता रहेको न्याभ कप दुई महिनासम्म जारी रहने छ ।

न्याभ कपको टिम व्यवस्थापन, खेल व्यवस्थापन सहजीकरणको काम न्याभका सचिव माधव खरेलले गरिरहेका छन् ।

न्याभ कप म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजको मुख्य प्रायोजन तथा ब्राइटन कलेजको सहप्रायोजनमा यस क्षेत्रमा नेपाली समुदायबाट आयोजना भएको हालसम्मकै ठूलो खेलकूद प्रतियोगिता हो ।

प्रतियोगितामा एक्सपर्ट सगरमाथा ब्लुज ए, सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रथम हुने समूहले ३ हजार डलरको प्रथम पुरस्कार पाउने छ भने द्वितीय हुने समूहले १ हजार प्राप्त गर्नेछ । टि ट्वान्टी लिग अनुसार हुन उक्त कपको विजेताले ट्रफीसहित नगद पुरस्कार पाउने भएका हुन । प्रतियोगिताको फाइनल १९ मार्चमा हुने छ भने सो अवसरमा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का सहभागि हुनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]