अष्ट्रेलियामा २२ वर्षीया नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल ल्याउन आर्थिक सहायता संकलन


पुस २४, काठमाडाैँ। अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु भएको छ। नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा नेपाली विद्यार्थी २२ वर्षिया प्रनिता श्रेष्ठ मृत अवस्थामा भेटिएकी हुन्।

अहिले उनको शव नेपाल ल्याउनका लागि गोफन्डमि मार्फत आर्थिक सहायता संकलन सुरू गरएको छ। अहिलेसम्म उनको शव नेपाल पठाउनका लागि १५ हजार २ सय ९ डलर संकलन भइसकेको छ।

नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १० हजार डलर खर्च हुने भएकाले सहयोग संकलन गरिएको थियो।

उनको मृत्युको कारण पत्ता लागेको छैन भने प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]