नयाँ वर्षमा सिड्नीको संगीत महोत्सवमा सहभागी १०० जना विरूद्ध लागुऔषध सम्बन्धि मुद्दा दायर


पुस १८, मेलबर्न  अष्ट्रेलिया  । सिड्नीमा नयाँ वर्षको दिनको संगीत महोत्सवमा सहभागी भएका करिब १०० जनालाई प्रहरीले लागुऔषध सम्बन्धि मुद्दा दायर गरेको छ।

सिड्नीमा यस वर्षको सांगितिक महोत्सवमा करीब २३ हजार व्यक्ति सहभागी भएको अनुमान गरिएको छ।

एक्त उत्सवमा सहभागी भएका ८४ जनाको प्यारामेडिकले उपचार गरेका थिए तीन जनालाई अस्पताल लगिएको थियो।

उक्त उत्सवमा प्रहरीले गरेको अपरेशनमा ९७ जनालाई अवैध एमडिएमए, एम्फेटामाइन्स, गाँजा, किकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र सिलोसिबिन बोकेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले सोही उत्सवमा तीन जनामाथि लागुऔषध ओसारपसार गरेको अभियोग लगाएको छ।

प्रहरीले २१ वर्षीय पुरुषसँग एमडीएमएका १५ क्याप्सुल, अर्का २१ वर्षीय पुरुषसँग एमडीएमएका ९ क्याप्सुल र २५ वर्षीया महिलासँग ५ एमडीएमए क्याप्सुल रहेको प्रमाण अदालतमा पेश गर्ने बताएको छ।

नयाँ वर्षमा प्रहरीले जम्मा १५ वटा अदालत हाजिरीको सूचना, दुई वटा उल्लङ्घन सूचना, १३ वटा गाँजा सावधानी र ५८ वटा आपराधिक उल्लङ्घन सूचना जारी गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]