मानसिक स्वास्थ्यका विषयमा जनचेतना जगाइने


नेपाली समूदायका व्यक्तिहरुलाई मानसिक स्वास्थ्यका विषयमा जानकारी दिने उद्देश्यले आगामी १८ अक्टोबरका दिन विशेष कार्यक्रम आयोजना हुँदैछ । विश्व स्वास्थ्य संगठनले अक्टोबर १० तारिखलाई मानसिक रोगविरुद्धको सचेतना दिवसका रुपमा मनाइरहेको सन्दर्भमा अष्ट्रेलिया सरकारले यो महिनालाई नै मानसिक स्वास्थ्य महिना घोषणा गरेको छ । मानसिक समस्याका विषयमा विभिन्न खाले भ्रमहरुलाई चिर्नु यस कार्यक्रमको उद्देश्य रहनेछ । कार्लटनस्थित पार्कस्ट्रिटमा रहेको जुबली ओभल कम्युनिटी सेन्टरमा मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म यो कार्यक्रम आयोजना गरिनेछ । अष्ट्रेलियामा विभिन्न पेशा व्यवसाय र पढाईका निम्ति आएका नेपाली समूदायका व्यक्तिहरु फरक परिवेश र विभिन्नखाले तनावका कारण मानसिक समस्यामा पर्ने गरेका छन् । उनीहरुको निम्ति यस किसिमको कार्यक्रम फदायी हुने अपेक्षा गर्न सकिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]