आइफोन-१४ एप्पल स्टोरमा १ लाख ५० हजार सिक्का लिएर गएपछि..!


पुस ७, काठमाडौँ । राजस्थानमा एक व्यक्तिले अनाैठो व्यवहार गरेका छन्। आइफोन १४ किन्न एप्पल स्टोरमा गएका व्यक्तिको हर्कत अहिले भाइरल भइरहेको छ।

रिपोर्टका अनुसार राजस्थानका ती व्यक्तिले पसलमा गएर आइफोन १४ किन्नका लागि १.५ लाख रुपैयाँ सिक्का दिएका थिए।

सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो ट्रेन्डिङ भइरहेको छ। यस विषयमा पसलका मालिकसँग उनको विवाद भयो। क्रेजी एक्सवाईजेड(Crazy XYZ) नामक युट्युब च्यानल चलाउने व्यक्ति अमित शर्माको रुपमा परिचित छन् ।

उनले यस च्यानलमा सिक्कासहित आइफोन किनेको भिडियो पोस्ट गरेका छन्। तर, भिडियोको अन्त्यमा उनले यो मजाक भएको खुलासा गरेका छन्।

युट्युब भिडियो अपलोड भएयता झण्डै ४० लाख भ्युज र ३ लाखभन्दा बढी लाइक पुगेको छ।

भिडियोको सुरुमा अमित आफ्ना साथीहरू र ठूलो मात्रामा सिक्का सहित देखिएका छन्। उनको अगाडि एउटा झोला र प्लास्टिकको टबमा सबै सिक्का छन्।

भिडियोमा अमित एप्पल स्टोरबाट आइफोन १४ खरिद गरेपछि भुक्तानीको बारेमा छलफल गरिरहेको देखिन्छ। नगदमा तिर्न आग्रह गर्दा उनले पसलका अगाडि सिक्काको थुप्रो राखे।

यो देखेर त्यहाँ भएका मानिसहरू छक्क परे । सिक्का गन्ने क्रममा पसले र ग्राहकबीच झगडा भएको थियो।

अमितले पसलेलाई ८४ हजार राखेर अरू फिर्ता दिनु भनेपछि सिक्का कसले गन्ने विषयमा उनीहरूको विवाद हुन्। र, अन्तमा अमितले अनलाइन भुक्तानी गरेर फोन् खरिद गर्दै सबै मजाक भएको बताउँछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]