बागमतीमा ३३ दलको जमानत जफत


पुस ६, काठमाडौँ । बागमतीमा प्रदेशसभामा समानुपातिकतर्फ ३३ दलको जमानत जफत भएको छ। निर्वाचन प्रक्रियामा सहभागी भएका कूल ४० दलमध्ये ३३ दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ।

प्रत्यक्षतर्फ भने ३५ वटा राजनीतिक दल सहभागी भएका थिए। प्रदेशसभा निर्वाचनमा सहभागी भएका प्रत्यक्षतर्फ पुरुष पाँच सय ८८ र महिलातर्फ ८० गरी ६६८ जना र समानुपातिकतर्फ ७५४ जना उम्मेदवारको बन्द सूची कायम भएको थियो।

जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका ४१७ जना पुरुष र ६७ जना महिला गरी कूल ४८४ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले उल्लेख गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]