तस्करको काईदा, तरकारीको बोरामा चाँदी किलोका किलो


तरकारीको बोराभित्र लुकाएर काठमाडौँ लैजाँदै गरेको रु १५ लाखबराबरको चाँदी शुक्रबार चितवनमा प्रहरीले बरामद गरेको छ । चितवनको भरतपुरस्थित गोन्द्राङमा रात्रिबस जाँचका क्रममा २४ किलो भन्दा बढी चाँदी बरामद गरेको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । बरामद चाँदीसहित अवैध कारोबारमा संलग्न भारत मोतिहारीका २२ वर्षीय विजय कुमारलाई समेत पक्राउ गरिएको छ । शुक्रबार बिहान करिब १ बजेको समयमा यसरी चाँदी बरामद गरिएको हो । विशेष सुराकीको आधारमा वीरगन्जबाट काठमाडौँ जान आउँदै गरेको ना५ख ४०७१ नम्बरको बसमा जाँच गर्दा चाँदीसहित ती व्यक्ति पक्राउ परेका हुन् । उनले वीरगन्जबाट तरकारीको बोरामा चाँदी लुकाएर काठमाडाँै लैजान लागेको अनुसन्धानमा खुलेको कोइरालाले बताउनुभयो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसन्धानका लागि राखिएको र थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने भएको छ । चाँदी कहाँ लैजान लागिएको भन्ने खुलेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]