आजको विदेशी मुद्राको विनिमय दर, कति पुग्यो अष्ट्रेलियन डलरको भाउ ?

मंसिर १९, काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अष्ट्रेलियन डलर खरिद ८८.१५ रुपैयाँ र बिक्रीमा ८८.५६ रुपैयाँ पुगेको छ।
यस्तै अमेरिकी डलर एकको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४६ रुपैयाँ रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३४.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.७० रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९.५९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।